ब्युनोज आयर । अर्जेन्टिनी महासंघले आगामी साता हुने सबै किसिमका फुटबल प्रतियोगितामा लियोनल मेसीको सम्मानमा पहिलो हाफको १०औँ मिनेटमा खेल रोकेर एक मिनेट ताली बजाउन निर्देशन दिएको छ । अर्जेन्टिनी फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीका लियोनल मेसीको सम्मानमा यसै साता हुने सबै किसिमका फुटबल खेल दौरान १०औँ मिनेटमा एक मिनेट रोकिने घोषणा गरेको हो ।
संघले राष्ट्रिय टोलीबाट दोस्रोपटक सन्न्यासको घोषणा गर्नुभएका मेसीको सम्मानमा एक मिनेट ताली बजाउने कार्यक्रम तय गरेको हो । मेसीले गत सोमबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गर्नुभएको थियो । यसअघि सन् २०१६ मा उहाँले पहिलोपटक राष्ट्रिय टोलीबाट सन्न्यास लिनुभएको थियो । तर, फुटबल समर्थकबाट चर्को दबाब आएपछि उहाँले सन्न्यास फिर्ता लिनुभएको थियो ।
सन्न्यासपछिको एक दशकमा मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई फिफा विश्वकप तथा दुईपटक कोपा अमेरिका ट्रफी दिलाउन सफल हुनुभयो । उहाँकै कप्तानीमा अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुगेको थियो । फुटबल संघले पुरुष र महिला दुवैका सबै डिभिजनसँगै अन्य विधाका आगामी खेलमा पहिलो हाफको १०औँ मिनेटमा खेल रोकेर मेसीको राष्ट्रिय टोलीसँगको करिअरको सम्मानमा एक मिनेट ताली बजाउने निर्देशन दिएको हो ।
स्क्रिन जडान गरिएका रंगशालामा खेल सुरु हुनुअघि एएफएको आधिकारिक भिडियो पनि प्रसारण गर्न निर्देशन दिइएको छ । मेसीले राष्ट्रिय टोलीबाट सन्न्यास लिए पनि व्यावसायिक फुटबल करिअरलाई निरन्तरता दिनुहुनेछ । उहाँ अहिले इंग्लिस फुटबल डेभिड बेकह्यामको लगानीमा रहेको इन्टर मियामीमा आबद्ध हुनुहुन्छ । मियामी र मेसीबीच दुई वर्षको सम्झौता बाँकी छ । मेसीले आगामी दुई वर्षसम्म इन्टर मियामीमै रहने जनाउनुभएको छ । मेसीले इन्टर मियामीलाई पहिलोपटक एमएलएस कप उपाधि जिताउनुभएको छ । एजेन्सी







प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका
बाढीपछि त्रिशूलीका सहायक खोलामा बालुवा
हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक