ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साबिक विजेता सलहेश युवा क्लबले जितेको पारेको छ । फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सहलेशले उपाधि हात पारेको हो ।
सलहेशका खेलाडी फागुराम थारुले दोस्रो हाफमा गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो । सलहेश युवा क्लबले भारतको जर्जियन युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यता झापा-११ लाई १-० गोल अन्तरले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको थियो ।
लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतसहित आठ समूहको सहभागिता थियो । विजेता सलहेशले सात लाख दुई हजार ८३ तथा उपविजेता फिदिमले तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिएको छ ।
गोल्डकपको फाइनल खेलअघि विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीलाई विशेष सम्मानसहित सम्झना गरिएको थियो । खेल सुरु हुनुअघि मैदानमा मेसीको तस्वीरसहितको ब्यानर प्रदर्शन गर्दै विश्व फुटबलमा उहाँले पुर्याएको योगदानप्रति सम्मान व्यक्त गरिएको हो । आयोजकले मेसीको २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको चर्चा गर्दै अर्जेन्टिनाका लागि उहाँले गरेको योगदानको प्रशंसा गरेको थियो । ३९ वर्षीय मेसीले हालै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्नुभएको थियो ।







कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ?
कपालमा चाया परेर हैरान हुनुहुन्छ
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा
भोटेकोशी बाढी : चिन्तित छन्
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै
उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट