काठमाडौं । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि नेपाली टेबलटेनिस खेलाडी योङगी पौडेल र इभाना थापा विशेष प्रशिक्षणका लागि थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ । उहाँहरूले सेप्टेम्बर ४ देखि १५ तारिखसम्म बैंककस्थित थोनबुरी विश्वविद्यालयमा विशेष प्रशिक्षण लिनुहुनेछ ।
एसियाडलाई लक्षित गरी आयोजना गरिएको प्रशिक्षणले खेलाडीहरूको खेलस्तर उकास्नुका साथै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण र अभ्यासले खेलाडीलाई आगामी एसियाडमा उच्चस्तरीय प्रतिस्पर्धाका लागि थप तयार पार्नेछ ।
प्रशिक्षणका लागि बैंकक प्रस्थान गरेका पौडेल र थापालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र संघका कोषाध्यक्ष महर्जनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो । जापानमा हुने २०औँ एसियाली खेलकुदलाई लक्षित गर्दै नेपाली खेलाडीहरूको तयारीलाई तीव्रता दिने क्रममा विभिन्न खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने क्रम जारी छ ।







एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण