काठमाडौं । यही भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ले हलबाट निर्माताको भागमा आउने रकमको दश प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ । चलचित्रको ट्रेलर सार्वजनिक गर्दै यस्तो घोषणा गरिएको हो ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माण पक्षले तीन मिनेट २४ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरेको छ । चलचित्रको ट्रेलरमा अभिभावकले छोरीको इच्छा र चाहनाविपरीत खान्दानी परिवारको केटासँग जबर्जस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक प्रभावलाई मुख्य विषय बनाइएको छ । मार्मिक तथा सन्देशमूलक कथावस्तुमा आधारित चलचित्रले नेपाली समाजको यथार्थलाई प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ ।
विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा हुनुहुन्छ । क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित चलचित्रमा उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाको लगानी छ । सोनी थापा (ढुंगाना) प्रस्तुतकर्ता तथा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता हुनुहुन्छ ।
निर्माता उग्रसेनको मूल कथामा अभिमन्यु निरवी र पौडेलले पटकथा तथा संवाद तयार पार्नुभएको हो । चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले गर्नुहुनेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।







विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई