ललितपुर । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनिज (नास-आइटी) को चौथो वार्षिक साधारणसभाले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । जसमा गार्डसिक्स नेपालका कन्ट्री डाइरेक्टर दिपेन चापागाईं, योङ इन्नोभेसन्सका कार्यकारी अध्यक्ष विभूषण विष्ट, लिपफ्रग टेक्नोलोजीका प्रमुख सञ्चालन अधिकृत कैलाशराज विजयानन्द, एमिनेन्स वेजका प्रबन्ध निर्देशक नारायण कोइराला, क्विकफक्स कन्सल्टिङका सिइओ पल्लव पराजुली, बिआइसी टेक्नोलोजीकी सह-संस्थापक प्रार्थना साखः, जेस्पर आइटीका सिइओ सागर केसी, अलाया नेपालकी जेनेरल मेनेजर श्रेया श्रेष्ठ, रिप्पल बाइट्स सोलुसन्सका सह-संस्थापक सुब्रत ज्ञवाली रहेका छन् ।
नौ जना बोर्ड सदस्यमध्येबाट सन् २०२६-२०२७ का लागि दिपेन चापागाईं अध्यक्षमा निर्वाचित हुनुभएको छ भने विभूषण विष्ट उपाध्यक्ष, श्रेया श्रेष्ठ महासचिव र सागर केसी कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । बाँकी पाँच जना निर्वाचित बोर्ड सदस्यले कार्यसमिति सदस्यका रूपमा काम गर्ने नास आइटीले जनाएको छ । नवनिर्वाचित पदाधिकारी तथा बोर्डले नेपालको प्रविधि उद्योगको विकास र विस्तारका लागि संस्थाको दीर्घकालीन दृष्टिकोणलाई निरन्तरता दिने जनाएको छ ।
नास आइटी नेपालका सफ्टवेयर तथा आइटी सेवा कम्पनीहरूको प्रतिनिधित्व गर्ने गैरनाफामूलक उद्योग संगठन हो । संस्थाले नीति पैरवी, उद्योग विकास, प्रतिभा तथा जनशक्ति विकास, अन्तर्राष्ट्रिय बजार पहुँच र सहकार्यका क्षेत्रमा काम गर्दै नेपालको प्रविधि इकोसिस्टमलाई सुदृढ बनाउने लक्ष्य राखेको छ ।







बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु
कन्काइ पुल १४ वर्ष अलपत्र
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
खर्क व्यवस्थापनमा नेपालले भुटानबाट सिक्नुपर्छ
सुनचाँदीको मूल्य घट्यो, आज प्रतिताेला