काठमाडौँ । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने औपचारिक भ्रमणका क्रममा शनिबार नेपाल आइपुग्नुभएको छ।
गत भदौ १० गते रसुवामा आएको भीषण बाढी तथा पहिरोमा परी बेपत्ता भएका दक्षिण कोरियाली नागरिकको खोज तथा उद्धारको प्रगतिबारे जानकारी लिन, बेपत्ताका परिवारसँग भेट गर्न तथा नेपाल सरकारका अधिकारीसँग छलफल गर्न उहाँ नेपाल आउनुभएको हो।
रसुवामा आएको बाढी तथा पहिरोमा जलविद्युत् आयोजना निर्माणस्थलमा कार्यरत दक्षिण कोरियाका नौ जना नागरिक बेपत्ता भएका छन्।
नेपाल भ्रमणका क्रममा विदेशमन्त्री चोले नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा बाढी तथा पहिरो प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासका साथै नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने बताइएको छ।
विदेशमन्त्री चोको भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने तथा विपद्का समयमा आपसी सहयोग र समन्वय अभिवृद्धि गर्ने अवसरका रूपमा हेरिएको छ।







विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई