काठमाडौं । कोरिया रिटर्नी तथा कोरियासँग सम्बन्धित विभिन्न संघ-संस्थाहरूले संयुक्त पहलमा भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण गरेका छन् । नेपाल कोरिया उद्यमी व्यवसायी संघ, अंकुर नेपाल, संगी नेपाल, द ब्रिज इन्टरनेसनल, एमपिएस मोनिटरलगायतको संयुक्त पहलमा संकलित राहत सामग्री जिल्ला समन्वय समिति, विदुर, नुवाकोटको राहत व्यवस्थापन समितिमार्फत् हस्तान्तरण गरिएको हो । राहत हस्तान्तरण कार्यक्रममा नुवाकोट २ का सांसद अच्युत लामिछाने तथा स्थानीय राहत व्यवस्थापन समितिका सदस्यको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल कोरिया उद्यमी व्यवसायी संघका अध्यक्ष प्रेमकुमार गुरुङ, अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराई, संगी नेपालकी कार्यसमिति सदस्य माया गुरुङलगायत विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रममा सांसद लामिछानेले विपद्को समयमा कोरियासँग सम्बन्धित संस्थाहरू एकजुट भएर बाढीपीडितलाई सहयोग गर्नु सराहनीय कार्य भन्दै सहयोगले पीडित परिवारलाई राहतसँगै मनोबल बढाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
नेपाल कोरिया उद्यमी व्यवसायी संघका अध्यक्ष प्रेमकुमार गुरुङले राहत कार्यक्रम पहिलो चरणको भएको जानकारी दिँदै आवश्यकताका आधारमा आगामी दिनमा थप राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गरिने बताउनुभएको थियो । अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले विभिन्न संस्था तथा कोरियासँग सम्बन्धित संघ–संस्थाबीचको सहकार्यले विपद्को समयमा एकताको सकारात्मक सन्देश दिएको बताउनुभएको थियो ।







न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल
आइतबारको बिदा कटौती गर्न राप्रपा