काठमाडौं । बाढीबाट प्रभावित परिवारका लागि महिला पर्यटन व्यवसायी सञ्जालले राहत तथा आर्थिक सहयोग गरेको छ । विपद्मा मानवीय साथ भन्ने उद्देश्यसहित सञ्जालले खाद्यान्न, लत्ताकपडा, औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउनुका साथै बचत भएको रकम कोषमा जम्मा गरेको हो । सञ्जाल अध्यक्ष जय बराल नेतृत्वमा छ सदस्यीय टोली राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेको थियो ।
टोलीले बाढीपीडितका लागि संकलित राहत सामग्री नुवाकोटको बट्टारस्थित आर्मी ब्यारेक क्याम्पमार्फत् प्रभावित परिवारसम्म पुग्ने गरी हस्तान्तरण गरेको सञ्जालले जनाएको छ ।
सञ्जालका अनुसार मानवीय अभियानका लागि सञ्जालका सदस्यहरूबाट एक लाख २५ हजार रुपैयाँ तथा गैर–सदस्य सहयोगीबाट १७ हजार रुपैयाँ गरी कुल एक लाख ४२ हजार रुपैयाँ आर्थिक सहयोग संकलन भएको थियो ।
संकलित रकममध्ये ३८ हजार बराबरको अत्यावश्यक खाद्यान्न सामग्री खरिद गरी पीडितलाई उपलब्ध गराइएको थियो भने खाद्यान्नसहित करिब एक लाख बराबरको राहत सामग्री प्रभावित परिवारसम्म पुग्ने गरी हस्तान्तरण गरिएको बताइएको छ ।







एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण