काठमाडौं । बर्जर पेन्ट्स नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । कम्पनीका कन्ट्री म्यानेजर राजिव रोय नेतृत्वको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गरिएको कम्पनीले जनाएको छ । २५ वर्षदेखि नेपाली बजारमा रहेको बर्जर पेन्ट्स नेपालले कठिन परिस्थितिबाट छिटो उठ्न सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा सधैं प्रतिबद्ध रहने जनाएको छ ।







अपहरणमा परेको १२ दिनपछि १५
विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति