काठमाडौं । ‘चितवन को-ई ग्रुप’ले प्रधानमन्त्री राहत कोषमा एक करोड ५० लाख सहयोग गरेको छ । ग्रुपद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उक्त रकममध्ये ग्रुपअन्तर्गतको मनकामना दर्शन प्रालिले एक करोड २५ लाख र चितवन मिल्क लिमिटेडले २५ लाख योगदान गरेका हुन् ।
ग्रुपका प्रबन्ध निर्देशक राजुबाबु श्रेष्ठसहितको नेतृत्वको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जरा चितवन, गोरखा र हामीले सेवा प्रदान गरिरहेका क्षेत्रसँग गहिरोसँग जोडिएको छ । समुदाय संकटमा पर्दा हामी दर्शक बनेर बस्न सक्दैनौँ, बरु छिमेकी र साझेदारका रूपमा साथमा उभिन्छौँ ।’







कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ?
कपालमा चाया परेर हैरान हुनुहुन्छ
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा
भोटेकोशी बाढी : चिन्तित छन्
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै
उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट