तारेभीर उता जसलाई पाताल, द्याम्के, गैरी आदि नामले बोलाइन्छ शिशिरको जाडो सकिएपछि अर्थात शिशिरकै अन्तिम महिना फागुन लाग्नासाथ गाउँ सुक्खा हुन्छ । हरियाली समाप्त बराबर बन्न पुग्छ । गाईभैँसीका पेट खानाका अभावले पेरुङ्गा बन्छन् । लेकबाट घाँस काटेर ओसारी पेटभरि दिने कष्टभन्दा लेकमै गोठ सारेपछि एक प्रकारको आनन्द आउने र टाढा धाएर घाँस काट्नुपर्ने बाध्यता पनि हट्ने हुनाले लेकमा गोठ लगिन्थ्यो । अहिले यो प्रक्रिया लगभग समाप्त प्रायः भएको छ । खतिवडाको गोठ गैरीमा तारेभिरभन्दा माथि अलि पर लगिन्थ्यो जहाँ माहिलो पुत्र युवराज जसलाई हामी राजेमाइला भनेर बोलाउँथ्यौँ । गोठालाका हिसाबले यिनीसँग सम्बन्ध हुन्नथ्यो टाढा बस्ने भएकाले ।
त्यो जमाना जहाँ हामी गोठाला हुनाका गौरवले सगर्व फुल्थ्यौँ । बीसपच्चीस अझ बढी पनि गोठहरू तारेभिरमा हुन्थे । पौडेल माइलाका गोठमा छोरा थिएनन् । एउटा छोरो विश्वनाथ सायद त्यसैबेला जागिरतिर थिए-बहिदार, खरिदार त्यस्तै केहीमा । यिनका गोठमा विशेषगरी सधैँ छोरीहरू बस्थे ।
तारेभिरमा निश्चित रूपले नियमित गोठ लैजानेमा–उतातिर टारसिराने साइँलो यदाकदा चन्द्रलाल जसका गोठमा ज्येष्ठपुत्र जसलाई हामी हुन्दे भन्थ्यौँ खास पीताम्बर रहेछ पछि थाहा भायो, रामपुरे जसलाई खिलानाथ दाहाल भनिन्छ उनी पनि यस लोकमा अब रहेनन् । यस घरको नियमित गोठ बस्ने कान्छी श्रीमती जसलाई रामपुरे माइल्यामा भन्थ्यौँ, भन्छौँ अहिले पनि छँदैछन् । पौडेल जेठा माइला सिराने जेठा जसलाई पोकलेका नामले बढी चिनिन्थ्यो । यिनी त संसारमा छैनन् । यिनका पुत्र मित्रलाल दाहाल तारेभिरको त्यो सुनसान निस्तब्ध सन्नाटा छाएको घना जङ्गलको बीच भागमा एक्लै गोठ राखेर दशपन्ध्र भैँसीको गोठ बस्दछन् ।
त्यो जमाना जहाँ हामी गोठाला हुनाका गौरवले सगर्व फुल्थ्यौँ । बीसपच्चीस अझ बढी पनि गोठहरू तारेभिरमा हुन्थे । पौडेल माइलाका गोठमा छोरा थिएनन् । एउटा छोरो विश्वनाथ सायद त्यसैबेला जागिरतिर थिए–बहिदार, खरिदार त्यस्तै केहीमा । यिनका गोठमा विशेषगरी सधैँ छोरीहरू बस्थे । त्यसमा पनि बढी साहिँली जसलाई हामी रुन्ची भन्थ्यौँ । काहिली सानी कुन्ती र माइली ठूली कुन्ती । ठूली कुन्तीको विवाह सम्पन्न थियो तर घर नसम्झन चाहन्थिन् उनी । कसैले जिस्क्यायो भने सोझै खुला रूपले भन्थिन्–जिन्दगी जिम्मा लिन सक्छस् भने आइज । सबै थर्कमान । साहिँली रुन्ची निकै रसिक थिइन् । एकदिन आल्डाँडामा धनपतिपुत्र जसलाई हामी झगरे दाजु भन्थ्यौँ । उनी सामु रुन्ची र मेरो कुस्तीको दृश्यले चकित भएको सम्झना मसँग अझै ताजै छ ।
यस समयमा हाम्रो घरबाट म, पौडेल कान्छाका घरबाट नारदमणि, रामपुरे माइलाका घरबाट कान्छी माइल्यामा जो असी वय पार गरेर पनि छँदैछिन् उनी, पौडेल माइलाका तर्फबाट साइँली रुन्ची, धनपतिका घरबाट झगरे दाजु गोठका गोठाला थियौँ । गाउँबाट दुई घण्टा लगभगको नाक ठोक्किने, घुँडा जोगाउनुपर्ने, तिर्खाले ह्याप्ह्याप हुँदा डुम्री जो ओडारभन्दा अलिकति तल र अप्ठेरो गौँडोभन्दा अलिमाथि विद्यमान छ, त्यहाँ पुगेर मात्र पातका खोरीमा जिब्रा भिजाउन पाइन्छ । उकालो निस्कना साथको भञ्ज्याङ् जहाँ गाउँबाट गोठ वा घाँसदाउरा गर्न गएका अनि द्याम्के, गैरी, पातालबाट घाँसदाउरा बोकेर आएका सबै बसेर आइनपुगेकालाई प्रतीक्षा गर्ने ठाउँ हो । ठीक त्यसै छेउको गरामा रामपुरे माइल्यामाको गोठ थियो । ढिँडो मस्काउन र तर्कारी मीठो पकाउन निकै खप्पिस माइल्यामा थिइन् छन् पनि ।
म गोठाला मध्येको पनि अत्यन्तै उरन्ठेउलो मान्छे । मलाई परम्पराका विरुद्ध विद्रोह बोल्न निकै मजा आउने । माइल्यामाका हातले पकाएको खानाखान बर्जित थियो । दोस्री पत्नीका रूपमा भित्रिने बेला गाउँमा अत्यन्त ठूलो विद्रोह भई दुवैलाई मार्नेसम्मको अवस्था सिर्जना भएपछि हक्की तर जे हो साँच्चो त्यसलाई सन्तुलित भाषा चयन नगरी गालीका रूपमा शब्द निकाल्ने मेरा बाबु पं. नन्दलाल दाहाललाई राँगादीपका चतुर्भुज राई प्रधानपञ्च हुँदा उनका बोलीका विरुद्ध कुनै उजुरी पञ्चायतमा नलाग्ने प्रस्ताव सर्वसम्मत पारित थियो । यिनै नन्दलालले त्यसबेला रामपुरे माइला खिलानाथ दाहाल र दोस्री पत्नी माइल्यामा पुना दाहाललाई गाउँबाट सुटुक्क राति भगाएर छिरिङ्बास आफ्नी जेठी छोरी, मेरी ठूली दिदी प्राडा.कुलप्रसाद कोइरालाकी आमाका घरमा लामो समय राखे ।
त्यति लामो समय जुन बेलासम्म विवाद सामान्य हुन्नथ्यो । अन्त्यमा माइल्यामालाई मात्र पानीबाट निकाला गर्ने भनेको उनले छोए/पकाएको खाना नचल्ने सम्झौता भएपछि उनीहरू गाउँ फर्कन सफल भएका थिए । यतिसम्म कि उनलाई ल्याउने लोग्नेले समेत उनले छोएको पकाएको नखाने । यो कारुणिक कहानी मलाई थाहा थियो । यसकै विरुद्धको आकर्षक विद्रोहको योजना बनाएर खुसुक्क नारदलाई भनेँ । उनी अग्र पङ्क्तिमा निस्कन नसके पनि आत्मैदेखिको समर्थन चाहिँ पहिलेदेखि नै गर्थे ।
झम्झम झरी । अलि तल, अलि माथि, अलि यता, अलि उता चारैतिर घना पातालका अग्ला हरिया रुखहरू झरेको सिम्सिमे झरीसँग चुम्बा लिएर मुस्कुराइरहेका छन् । लहराहरू अग्ला वृक्षका टुप्पाभन्दा पनि माथि बादलले छोपेको आकाशसँग लुकामारी खेल्न तत्पर छन् । गाईभैँसीका पेट पिपिरा चरेर टम्म अघाउने निश्चित छ । यस अवसरको लेक आफैँमा एक प्रेमप्याला छल्छलाएको हुन्छ । घाँसका भारी आ-आफ्ना गोठमा बिसाएर यही भञ्ज्याङगको अग्लो उचाइमा रहेको रामपुरे माइल्यामाको गोठमा आगो तापिरहेका बेला अचानक लसुन र आलु घोलेर पीरा अकबरे खुर्सानी यी तिनै चीजहरू खोज्न, किन्न कहीँ कतै जानुपर्दैन । त्यहीँ वरिपरिका बारीमा झुलिरहेका हुन्छन् ।
जङ्गली गाउँ जहाँ जन्म्यौँ, बढ्यौँ, जेजति जसरी भए पनि पढ्यौँ अहिलेसम्म पनि र सधैँ-सधैँ बाँचुन्जेल त्यसकै गहिरो प्रभाव परिरहन्छ । नसानसामा रगतका थोपा बगेर जन्मस्थलकै स्मृति संस्कार बनेर रहन्छ । त्यो भैँसी गोठको गाउँ, कोदाका बाला मजाले झुल्ने ठाउँ । नित्य बिहान सबेरैदेखि बेलुका झमक्क नहुन्जेल एक भारी घाँस र दाउरामा खटिनुपर्ने ठाउँका नाउँ ।
एकाएक मैले भनेँ, ‘माइल्यामा ढिँडो तरकारी तपाईं पकाउनुस् । आज तपाईंले पकाएको खाने ।’ पत्याइनन् माइल्यामाले र उनकै शब्दमा भनिन्, ‘बज्या ! नचाहिने कुरा गरेर जिस्काउँछस् ।’ म जिस्किरहने र हाँसिरहने अनि ठट्टाको बलियो भण्डार भएकाले हत्तपत्त पत्याउँदैनथे स्वभाविक पनि हो । यसै अवसरको फाइदा उठाउँदै नारदलगायत त्यहाँ रहेका दशजना जति गोठालाले एकै स्वरमा ‘हो हो कालेले भनेको ठीक हो । आज हामी सबै जना तपाईंले पकाएको खाना खाएर तपाईंको लोग्ने खिला दाहाललगायत सम्पूर्ण अन्धविश्वासी गाउँले विरुद्ध तत्कालीन पञ्चायती ग्रामनिर्णयविरुद्ध विद्रोहको आगो आजैबाट झोस्छौँ भन्नासाथ माइल्यामा खुशीले गद्गद हुँदै बारीकै पाटामा तरकारी पकाएर ढिँडो मस्काउन लागिन् । त्यस दिनदेखि पानीबाट काढिएकी माइल्यामा फुक्का भइन्, खुलिन् ।
भोलिपल्ट उनका लोग्ने सामल पुर्याउन लेकाली गोठमा आए । डराई डराई भनेँ वा भन्यौँ । यस समय नारद पनि सँगै थिए । ‘हिजो तपाईंकी स्वास्नीले पकाएको खाएर पानीबाट उतार्यौँ । वाक्य पूरा हुन नपाउँदै–‘मैले थाहा पाइसकेँ । ठीक गरिस् । म गर्नसक्ने थिइँन ।’ यसपछि उनलाई कहिल्यै कसैले अछुत शब्दोच्चारण गरेनन् । जङ्गली गाउँ जहाँ जन्म्यौँ, बढ्यौँ, जेजति जसरी भए पनि पढ्यौँ अहिलेसम्म पनि र सधैँ-सधैँ बाँचुन्जेल त्यसकै गहिरो प्रभाव परिरहन्छ । नसानसामा रगतका थोपा बगेर जन्मस्थलकै स्मृति संस्कार बनेर रहन्छ । त्यो भैँसी गोठको गाउँ, कोदाका बाला मजाले झुल्ने ठाउँ । नित्य बिहान सबेरैदेखि बेलुका झमक्क नहुन्जेल एक भारी घाँस र दाउरामा खटिनुपर्ने ठाउँका नाउँ । मार्मिक कथाहरू छन् यसका । असैह्य वेदनाका व्यथाहरू छन् स्मृतिमा ।
एकदिन बिहान खाना खाएर ठाडो उकालो त्यसैगरी लागियो जसरी पहिले लागिन्थ्यो । भञ्ज्याङबाट दुई भागमा घाँसेहरू बाँडिन्थे । लैना भैँसीका दूध पगार्ने घाँस काट्न पातालतिर । थारा भैँसीका पेट भर्न काँढादार खस्रु ल्याउनेहरू द्याम्केतिर । चेलीहरू छ्यासमिस हुन्थे । आफ्ना मनले खाएका चेलाका साथ घाँसदाउरा गर्न । कुन्ती, सुन्तली, सानीकुन्ती, नारद कहिलेकाहिँ मात्र जाने तर त्यस दिन पुरुषोत्तम पनि साथै थिए । हामी डोके घाँस काट्न जाने भयौँ । बुइँकले माइला, राजेमाइला, रामपुरे कान्छा, बुकेली माइलाका छोरा जेठा जो भर्खरै बिते यिनीहरू डाँडाका खस्रु काट्न द्याम्केतिर लागे ।







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी