‘आ बरु मरे नि ढुक्कै हुन्थ्यो’ भनिन् उनले । लोग्नेको मर्म बुझ्ने स्वास्नीले नै हो स्वास्नीको बुझ्ने लोग्नेले नै हो तर जसले बुझ्नुपर्ने हो त्यसैले नबुझेपछि बुझेर पनि नबुझे झैँ गरेपछि मर्म त परिहाल्छ नि पिडितलाई । कुरै नबुझ्ने बुझेर पनि नबुझेझैँ गर्ने के लोग्ने के स्वास्नी ? बुढाको मर्म बुझे बुढैले हो, रोगीको पीडा बुझेमा रोगीले नै हो नत्र अरूलाई ऐया न आत्थु, फाँको मारे खोक्छ सातु । यही मर्ममा थिए पहरे डाँडाका सेतु नराल । छोरा पढाए ठूला भए जागिर खाए बुहारीलाई बुझाए । छोरीहरू हुर्काए बढाए जुवाइँलाई दिइपठाए । अब त उनकी बुढी, बुढीको उनै हुन् तर व्यवहारमा त्यस्तो भएजस्तो छैन भन्थे छिमेकी ।
बुढाको टाउको र दाँत दुख्ने बेथा थियो । जब दुख्न थाल्थ्यो बुढा हुक हुक गरेर कराएर दाँत कट्कटाउँथे । दुखाइ पनि अत्यधिक हुनाले खलखली पसिना काढेर खुइयाऽगर्थे । दुखाइ प्रायः बेलुकी साँझतिर र बिहानमा चिसो भयो भने पनि बुढा मुर्छा पर्थे । न औषधिमूलो न त सान्त्वना दुई तीनवटा ल्वाँङ याल्याङ ङुलुङ पारेर दाँतमा च्याप्ने कुइँकुइँ गर्ने हँहँ गर्ने खप्ने । यसरी नै बिसौं वर्षदेखि काल पर्खिरहेका थिए बरा ! पहरेका सेतु बुढा । बिहान बेलुका गाउँघरका छिमेकीहरू जम्मा भएर सामाजिक सल्लाह योजना र गफगाफ पनि गर्थे । कहिले तमाखे गफ र हाँसोमात्र पनि हुन्थ्यो ।
सेतु बुढाको घर पहिलेदेखि नै मान्छेहरूको निक्कै आउनेजाने घर थियो । अहिले पछि त झन् ठूलो छोरा गाउँभरिकै हर्ताकर्ता पढालेखा । अरू छोराहरू शहरमा पढ्ने र जागिर खाने भएकाले ठूलाठूला चाडपर्वमा मात्र आउँथे । त्यसैले पनि नरालका घरमा मानिसहरूको आवागमन दिनहुँ बढी नै भइरहेको थियो विशेष पर्वहरूमा ।
सेतु बुढाको घर पहिलेदेखि नै मान्छेहरूको निक्कै आउनेजाने घर थियो । अहिले पछि त झन् ठूलो छोरा गाउँभरिकै हर्ताकर्ता पढालेखा । अरू छोराहरू शहरमा पढ्ने र जागिर खाने भएकाले ठूलाठूला चाडपर्वमा मात्र आउँथे । त्यसैले पनि नरालका घरमा मानिसहरूको आवागमन दिनहुँ बढी नै भइरहेको थियो विशेष पर्वहरूमा । दशैँको सोह्रश्राद्धको बेला थियो । एकदिनको कुरा हो बाहिर खाटमा मान्छे गम्मागम्मी थिए । बाहिर दशैंका खसी बोकाको छलफल भइरहेको थियो ।
भित्र सेतु बुढा बेलाबेला उहुँहुँहुँ ! गरिरहेको सुनेर एउटाले भन्यो ऊ फेरि हुँहुँ’ मरे नि हुनि नि बरू ।’ बुढी पनि त्यहीँ सुनेर उभिरहेकी थिइन् । भित्र मुलओच्छ्यान (खोपी)मा नराल बुढा दोब्रिरहेका थिए । खप्दाखप्दै सकेनन् र हँहँ गर्न लागे । दाँत कट्कटाउँदै हुउँ हुउँ गरेर कराएको सुनेर भित्तामा आड लागेर सुनिरहेकी बुढीले भनिन् ‘हेर, छोराछोरीले बात मार्न पनि पाउँदैनन् । यस्तो के गर्नु ?’ मरे पनि हुने नि बरू ‘यिनले सुख त पाउँथे ।’
‘सेतु बुढाले सुने कि सुनेनन् कुन्नि ? त्यो त उनै जानुन् तर फलैँचामा र पिँडीमा बसेकाले भने सुनेर कसैले मुन्टो बटारे कुनैले जिब्रो काटे कतिपयले मुखामुख गरे । अलि पर बसेका डाँडाघर बिस्तारी बुढाले गैराघर कान्छाको कानमा खुसुक्क सासले भने हेरत ‘कठै सेतु बुढा त यो घरका मान्छेलाई भार पो भएका रहेछन्’ । दुवै जना जुरुक्क उठेर अलिपर घाममा सरेर बसे । गैराबारी कान्छाले भने ‘आ बा ! सेतु बा त उनका जहानलाई मात्र होइन, छोराहरूलाई मात्र होइन हेर्नोस् तिनकी बुढीलाई समेत बोझ भएझैँ गर्दिरैछिन् । एकसाता अघि म त्यही घरको बाटो पल्लो गाउँ जाँदैथिएँ’ सधैँको यो हुरुक्क न जुरुक्क न अरूले सुखसँग बस्न पाउनु छ न त बोल्न बात मार्न पाउनुछ ।
एक दिन जानैपर्छ रुनै पर्छ-पर्छ कति पर्खनु ?’ भनेको मेरो कानमा परिहाल्यो मझेरीमा उभिएर एक्लै फन्किएर भन्दै पो रहिछिन् । हेर्नोस् बा त्यसरी बाँचेको के सार भयो ? ती बुढाले बिचरा हिजो ती परिवारभन्दा के गरेनन् ? यी परिवारभन्दा जावीमा मासु र ढुम्रामा रगत गरेर गाउँबेँशी गरे । कति दिन भोकै मेलापात गरे कहिले खाए कहिले भोकै सुते । त्यति गरेर जोडेको झिटी अहिले सुखले मिठै खान पाछन् । आज बिरामी पर्दा मरोस् भन्छन् तिनै परिवार भने घरमै पनि मान्छे एक्लो र अन्यत्री हुँदोरहेछ हगि बा ? हो कान्छा सोह्रैआना हो । मैले अरूले भनेको पनि सुनेको छु बुढालाई भुस्याहा कुकुरलाई भन्दा पनि बढी हेला गर्छन् भन्ने सुनेको छु । त्यही क्या त खसिनी त्यो त तीँ त हुन्छे नि उदयदेखि अस्तयसम्म । के छ कुन्नि यिनका आन्द्रा गाँसिने कारण ।
हेर कान्छा ! पापी परिवार भएपछि के लाग्छ बाबु एक्लो बुढाको ? आज तिनले त्यस्तै बोल्ने र हेला गर्ने हो त ? बेथा पिर लाग्यो रे भन्दैमा । यस्तै हो भने छोराछोरी भए पो के ? स्वास्नी भए पो के ? नभए पो के ? घरमै बसीबसी वनबास भोग्नुपर्छ भने । के घरबार के परिवार कान्छा ! हो नि बा श्मशान र आसन एकै भएपछि ।
हेर कान्छा ! पापी परिवार भएपछि के लाग्छ बाबु एक्लो बुढाको ? आज तिनले त्यस्तै बोल्ने र हेला गर्ने हो त ? बेथा पीर लाग्यो रे भन्दैमा । यस्तै हो भने छोराछोरी भए पो के ? स्वास्नी भए पो के ? नभए पो के ? घरमै बसीबसी वनबास भोग्नुपर्छ भने । के घरबार के परिवार कान्छा ! हो नि बा श्मशान र आसन एकै भएपछि । हामीलाई त यस्तो लाग्छ भने ती बिरामी बेथाको पीडा र परिवारको निन्दा हेला गरेर बोलेको सुन्दा तिनलाई कस्तो लागेको होला हगि बा ? असह्य भएर सेतुले ज्यान नफाले हुन्थ्यो कान्छा ! जाम हामी नि हेर सबै घरतिर हिँडिसकेछन् । दुवै उठेर बाटो लागे आ–आफ्नो घरतिरको ।
भोलिपल्ट झिसमिसेमै नरालको घरतिर काँका र कुँकु गर्न थाले । के भयो भनेर गाउँले जम्माभए ‘सेतु बुढा त भर्याङको पानामा उनकै टाउको कस्ने गलबन्दीको लहरामा फल्नपुगेछन् । बा भन्दै गैराघर कान्छा डाँडाघर पुगे । होइन के भन्छ यो नाथे एकाबिहानै । हो रे बुढा के विश्वास नमानेको पधेर्नीहरूले कुरा गरेका रे पँधेरामा खुसुखुसु हाम्री आइमाईले नि सुनिछ हत्त र पत्त पिँढीमा गाग्री बिसाएर मेरो कानमा खुसुक्क भनेकी । होला होला त्यसो भए त तेरी सँगिनी त कहिले नि झुठो बोल्दिन कान्छा । लौ हिन्ड बरू जाम मरन्ता कि करन्ता भन्छन् । छिमेकमा मर्नु भाग्नु, मर्दापर्दा गइहाल्नुपर्छ भन्दै नरालको घरतिर लागे ।
अघि नै धेरैमै मान्छे जम्मा भइसकेका रहेछन् । कोही डोरी बाट्ने, कोही शवखट बनाउन थालिसकेकाले नबोली नबोली डाँडाघरे र गैरीबारी दुवै काममा लागे । एकैछिन्मा शव उठाएर सबै घाटतिर एकोहोरो शङ्ख फुक्तै राम नाम सत्य हो भन्दै लिएर गए । डाँडाघर बुढा भने सेतुकी बुढी कन्जरीलाई बेलाबेला लोग्नेको शोकमा छ कि लोट्यौ बुढा हो ? बाटै काटियो भन्ने झोकमा छ भनेर कोरा बार्दै बिचार गर्दै थिए । काम सकेर आफ्नो घर गएर बाहिरको खाटमा पल्टिदै भने ‘ए ! बुढी नराल घरमा त अचम्म लाग्यो न रुवाबासी छ न सेतुको खाशी । यस्तो पनि हुँदोरहेछ हगि ?’
‘होस् बुढा होस् अरूको कुरा नगर । बरू हाम्रो चाहिँ म बिहान मरे तिमी बेलुकी, तिमी बिहान मरे म बेलुकी एउटै चितामा जाऊँ है बुढा ।’ ‘ल ल ठीक भनिस् । मलाई पनि त्यस्तै लागेको छ तर हेर बुढा नराल सेतु बुढाको जस्तो त यो संसारमा स्वास्नी लानी जार शत्रुलाई पनि त्यस्ता स्वास्नी र छोरा नपरून्, त्यस्ता जन्मनुभन्दा त सात जुनी कोखै बाँझो होस् । अनि सातै जुनी राँणै होस् फाँणै खाओस् पीडा र अपमान त सहनु पर्दैन । त्यो नै हाईसुख हुन्छ नि बरू हरिशरणम् !!!







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी