हेटौंडा । मकवानपुरमा प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार सूचनाका आधारमा प्रहरी टोलीले शनिबार अपराह्न करिब ४ः४५ बजे हेटौंडा उपमहानगरपालिका-१५, नयाँ बस्तीस्थित पूर्व-पश्चिम सडकखण्डमा चेकजाँच गरेको थियो ।
चुरियामाईतर्फबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३-००३ प ७८१२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा चालक हेटौंडा-१२ का २४ वर्षीय अभिषेक भ्लोन तथा मोटरसाइकलमा सवार मनहरी गाउँपालिका-३ डोढेका २४ वर्षीय आशिष घलान र २७ वर्षीय बिमल सुनारलाई प्रहरीले शंकास्पद अवस्थामा फेला पारेको जनाएको छ ।
प्रहरीले उनीहरूको खानतलासी गर्दा ३८ ग्राम खैरो हेरोइन लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषध तथा प्रयोग गरिएको मोटरसाइकल बरामद गरी तीनै जनालाई नियन्त्रणमा लिएको छ ।
उनिहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक