काठमाडौं । बाढी तथा पहिरोपछि पानीजन्य रोगको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो । बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि खोप पठाइएको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि आवश्यक औषधि, खोप, स्वास्थ्य सामग्री तथा जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन् ।
मन्त्रीको निर्देशनअनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ । त्यसलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा रोगको रोकथाम, शीघ्र पहिचान तथा उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
बाढी प्रभावित क्षेत्रमा रोग फैलिन नदिन सुरक्षित खानेपानीको प्रयोग, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी सावधानी अपनाउनसमेत जोड दिइएको छ ।







भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा