सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
विष्णु गाउँपालिका-२ पकडीटोल निवासी रामचन्द्र ठाकुरकी श्रीमती अन्दाजी ६० वर्षीया कृष्णामती देवीको करेन्ट लागेर मृत्यु भएको हो ।
प्रहरीकाअनुसार आइतबार बिहान करिब ११ः४० बजे आफ्नै धान खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा मोटरको नाङ्गो तारमा अचानक खुट्टा पर्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी कृष्णामतीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।
अस्पतालमा दिउँसो १२:३३ बजे ईसीजी गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी बाराउधोरणबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र तिवारीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक