काठमाडौं । बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ । विशेषगरी टोखा र तारकेश्वर नगरपालिकाका डाँडाकाँडा तथा भिरालो क्षेत्रमा पहिरो खस्ने र जमिन चर्किने समस्या देखिएको छ ।
लगातारको वर्षाका कारण जमिन कमजोर बन्दै जाँदा पहिरोको जोखिम बढेको हो । सडक तथा बस्ती आसपास पहिरो खस्दा स्थानीयवासी जोखिममा परेका छन् । वर्षा जारी रहेकाले थप पहिरो जान सक्ने भन्दै स्थानीयमा त्रास कायमै छ ।
काठमाडौं उपत्यकामा पहिरोको जोखिम प्राकृतिक कारणसँगै अव्यवस्थित शहरीकरणका कारण पनि बढ्दै गएको छ । डाँडाकाँडा काटेर संरचना निर्माण गर्ने, प्राकृतिक पानीको निकास अवरुद्ध गर्ने, जथाभावी सडक खन्ने तथा भिरालो जमिनमा प्लटिङ गर्ने क्रमले जमिन कमजोर बनाएको स्थानीयको भनाइ छ ।
विशेषगरी टोखा र तारकेश्वर क्षेत्रमा तीव्र रूपमा बस्ती विस्तार भए पनि भू-जोखिम अध्ययन र उचित पूर्वाधार व्यवस्थापन हुन नसक्दा वर्षायाममा समस्या दोहोरिने गरेको छ ।
स्थानीयवासीले पटक-पटक समस्या जानकारी गराउँदा पनि दीर्घकालीन समाधानमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको गुनासो गरेका छन् । पहिरो रोकथामका लागि तत्कालीन रूपमा पर्खाल, तारजाली र सडक मर्मत गर्ने गरिए पनि जोखिमको मूल कारण नियन्त्रण हुन सकेको छैन ।
विज्ञहरूले जोखिमयुक्त क्षेत्रमा निर्माण नियन्त्रण, भू-प्राविधिक अध्ययन, प्राकृतिक पानीको निकास संरक्षण र अव्यवस्थित प्लटिङमा कडाइ गर्नुपर्ने सुझाव दिएका छन् । वर्षा अझै जारी रहने भएकाले उपत्यकाका पहिरो सम्भावित क्षेत्रमा तत्काल अनुगमन र जोखिम न्यूनीकरणका कामलाई प्राथमिकता दिनुपर्ने देखिएको छ ।







देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार