काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएकामध्ये २४४ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार बाढीमा परी मृत्यु भएका २४४ जनाको शव हालसम्म शिक्षण अस्पताल ल्याइएको हो।
अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ। यस्तै, २४ शवको पहिचान भइसकेकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइएको डा. चौधरीले जानकारी दिनुभयो।
हाल ५९ शव अस्पतालमै रहेको उहाँले बताउनुभयो। केही शवको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टम प्रक्रिया पूरा भएपछि ती शवको समेत आवश्यक व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।







लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि