काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी एलपी ग्यास सिलिण्डर काठमाडौँ उपत्यका भित्र्याइएको छ।
नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा ग्यास कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगबाट ग्यास ‘रिफिलिङ’ गरी तीन दिनमा ८७ हजार ८७७ वटा सिलिण्डर काठमाडौँ ल्याएका हुन्।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा ग्यास सिलिण्डर उपत्यका भित्रिएका छन्।
मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति निरन्तर गरिरहेको छ।
यसअघि भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक अवरुद्ध भएपछि इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटोमै रोकिएका थिए।
त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा रिफिल गरिएका ग्यास सिलिण्डर काठमाडौँ भित्र्याउने व्यवस्था मिलाएको हो।
ग्यासको आपूर्ति सहज बनाउन निगमले सार्वजनिक बिदाका दिनमा समेत ग्यासको रिफिलिङ तथा ढुवानी नियमित गर्न उद्योगहरूलाई निर्देशन दिएको जनाएको छ।







पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका
कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ?
कपालमा चाया परेर हैरान हुनुहुन्छ
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा