सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले वास्तविक मुक्त हलियाको समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
कैलालीको धनगढीमा आज आयोजित १८औँ मुक्त हलिया दिवसका अवसरमा ‘मुक्त हलियाहरूको दिगो र न्यायोचित पुनर्स्थापनाका सन्दर्भमा सरोकारवालाबीच प्रदेशस्तरीय संवाद’ कार्यक्रममा उहाँले मुक्त हलियाको पुनर्स्थापनालाई राहत वितरणमा मात्र सीमित नगरी दीर्घकालीन समाधानतर्फ अघि बढाउनुपर्ने बताउनुभयो।
वास्तविक पीडित मुक्त हलियाका समस्या र मागप्रति प्रदेश सरकार गम्भीर तथा जवाफदेही रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले उनीहरूको पीडाप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको बताउनुभयो।
उहाँले लामो समयदेखि हलिया समस्या समाधान हुन नसक्नुका कारणबारे गम्भीर समीक्षा गरी आगामी दिनमा ठोस योजना तथा परिणाममुखी कार्यक्रमका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। समस्या समाधान हुन नसक्नुमा राज्य पक्ष वा सम्बन्धित सङ्घसंस्थामध्ये कसको कमजोरी रह्यो भन्ने विषयमा समेत समीक्षा आवश्यक रहेको उहाँको भनाइ थियो।
“समस्या समाधानका लागि विगतको समीक्षा गर्दै कमजोरी पहिचान गर्नुपर्छ। त्यसबाट निष्कर्ष निकालेर मुक्त हलियाका समस्या समाधानतर्फ ठोस रूपमा अघि बढ्नुपर्छ,” मुख्यमन्त्री भट्टले भन्नुभयो, “मुक्त हलियाको दिगो पुनर्स्थापनाका लागि आवास, शिक्षा, रोजगारी, जीविकोपार्जन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ।”
मुक्त हलियाको आर्थिक तथा सामाजिक अवस्था सुधार हुने गरी पुनर्स्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार, स्थानीय तह, सम्बन्धित सङ्घसंस्था र समुदायबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमनबहादुर भण्डारी, आर्थिक मामिला राज्यमन्त्री जानकी ऐर बम तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी कुँवरलगायतको सहभागिता रहेको थियो।







बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद