चितवन । स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक रूपमा बन्द गर्ने भएको छ। तुइन खोलामा पहिरो रोकथाम तथा व्यवस्थापनको काम गर्नुपर्ने भएकाले सडकमा निश्चित समयका लागि सवारी आवागमन रोक्न लागिएको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा आज जारी सूचनामा कृष्णभीरमा सडक मर्मतको काम भइरहेका बेला त्यसको सदुपयोग गर्दै नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोला परियोजनाको माटो कटान तथा पहिरो व्यवस्थापनको काम गरिने उल्लेख छ।
कृष्णभीरको सडक मर्मत सम्पन्न भई नियमित रूपमा सवारी आवागमन सञ्चालनमा नआएसम्म तुइन खोलामा उक्त काम जारी रहने प्रशासनले जनाएको छ।
तुइन खोलामा समय–समयमा पहिरो झर्ने भएकाले सम्भावित रूपमा खस्न सक्ने माथिल्लो भागको माटो तथा ढुङ्गा पन्छाउने र पहिरो व्यवस्थापन गर्ने उद्देश्यले सडक आंशिक बन्द गरेर काम गर्न लागिएको हो।
प्रशासनका अनुसार कामका बीचमा निश्चित समयमा सवारीसाधन सञ्चालनका लागि सडक खुला गरिनेछ। नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि ८ः३० बजेसम्म, १०ः३० बजेदेखि ११ बजेसम्म, दिउँसो १ बजेदेखि १ः३० बजेसम्म, ३ः५० बजेदेखि ४ बजेसम्म र साँझ ६ बजेपछि सवारीसाधन सञ्चालन गरिनेछ।
यीबाहेकका समयमा भने तुइन खोलाको क्षेत्रमा सवारीसाधन रोकेर पहिरो व्यवस्थापन तथा माटो कटानको काम गरिने सूचनामा उल्लेख छ।







त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक