काठमाडौं । डिएभी ३२औँ स.बल ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । बुङमतिस्थित आयोजक ज्ञानोदय बालवाटिकाको मैदानमा डिएभीले पाठशालालाई २-० गोलले पराजित गर्यो । सुदिप बुढाथोकी र विमर्श घिमिरेले गोल गर्नुभयो । डिएभीसँगै लिटिल एन्जल्स (एलए) र आयोजक ज्ञानोदय पनि सेमिफाइनलमा पुगे । १ टिमको टुंगो लाग्न बाँकी छ ।
गर्ल्स फुटबलको सुपर लिगमा एभिएमले इस्टपोललाई १-० को झिनो गोलअन्तरले हरायो । आरोषी शर्माले निर्णायक गोल गर्नुभयो । एभिएम र इस्टपोलसँगै रातो बंगलाको पनि फाइनल पुग्ने सम्भावना कायमै छ ।
ब्वाइज बास्केटबलमा एलए, ज्ञानोदय र एलआरआई सेमिफाइनलमा प्रवेश गरेका छन् । गर्ल्स बास्केटबलमा रातो बंगला ‘बी’, एलए र ज्ञानोदयले सेमिफाइनलमा स्थान सुरक्षित गरे । दुवै समूहमा सेमिफाइनल पुग्ने एक टिमको टुंगो लाग्न बाँकी छ । स.बल फाउण्डेसनको मुख्य प्रायोजन तथा सफल दूध र चोकोफन क्रसको सह-प्रायोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत सोमबार र मंगलबार कुनै खेल हुने छैन ।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी