नुवाकोट । नुवाकोटको देवीघाट बजारस्थित ताँदी नदीमा बेलीब्रिज जडान सुरु गरिएको छ। नेपाली सेनाले शनिबारदेखि बेलीब्रिज जडानको काम थालेको हो।
गत भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नदीमाथिको पक्की पुल बगाएपछि देवीघाट बजार र जिलिङबीचको आवतजावत प्रभावित भएको थियो।
बेलीब्रिज जडान सम्पन्न भएपछि देवीघाट बजार र जिलिङ पुनः सडक सञ्जालबाट जोडिनेछन्। पुल नहुँदा स्थानीयवासीलाई आवतजावत तथा दैनिक उपभोग्य सामग्री ओसारपसारमा समस्या हुँदै आएको थियो।
भोटेकोशीमा आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा रहेका करिब १०० वटा संरचनामा क्षति पुगेको जनाइएको छ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन