काठमाडौं । नेपाल ‘ए’ले अस्ट्रेलियामा भएको एकदिवसीय अभ्यास शृंखला जितविहीन हुँदै टुंग्याएको छ । आइतबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ न्युजिल्याण्ड ‘ए’सँग दुई विकेटले पराजित भयो । नेपालले दिएको २१२ रनको लक्ष्य न्युजिल्याण्ड ‘ए’ले खेल सकिन एक बल बाँकी छँदा आठ विकेट गुमाएर पूरा गर्यो ।
न्युजिल्याण्डको जितमा रिस मरियुले उत्कृष्ट ब्याटिङ गर्दै १३७ रन बनाउनुभयो । उहाँले १३४ बलमा १६ चौका र तीन छक्का प्रहार गर्नुभयो । मरियुलाई अन्य ब्याटरले पनि साथ दिए । म्याट फिशरले अविजित २३, मोहम्मद अब्बासले २१ तथा म्याथ्यु बोयलले ११ रनको योगदान गर्नुभयो ।
नेपालका बलरमध्ये युवराज खत्री, रिजन ढकाल र साहब आलमले दुई–दुई विकेट लिनुभयो । विपिन खत्री र पवन सर्राफले एक-एक विकेट हात पार्नुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २११ रन बनाएको थियो ।
नेपालका लागि पवन सर्राफले सर्वाधिक ६१ रन बनाउनुभएको थियो । उहाँले ९२ बलको सामना गर्दै ६ चौका प्रहार गर्नुभएको थियो । त्यस्तै, लोकेश बमले ४७, कप्तान अनिलकुमार साहले २४, मयन यादवले २० तथा विपिन खत्रीले १२ रन जोड्नुभयो ।
नेपालको इनिङ ध्वस्त पार्ने क्रममा न्युजिल्याण्डका म्याट फिशरले चार विकेट लिनुभयो । क्रिस्टियन क्लार्क र आदित्य अशोकले दुई-दुई तथा जेक गिब्सन र मोहम्मद अब्बासले एक-एक विकेट लिनुभयो ।
यसअघि नेपाल ‘ए’ तास्मानिया र साउथ अस्ट्रेलियासँगको खेलमा पनि पराजित भएको थियो । न्युजिल्याण्ड ‘ए’सँगको हारसँगै नेपालले अस्ट्रेलियामा खेलेका तीन खेलको एकदिवसीय अभ्यास शृंखला कुनै जित हासिल नगरी समाप्त गरेको हो ।







अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक
सरकारी प्रक्रियामै अल्झियो काभ्रेका बाढीपीडितको