काठमाडौं । सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा महिलातर्फ नेपालका भावना डाँगी र सुनिता राईको जोडीले रजत पदक जितेको छ ।
आइतबार भुटानको थिम्पुमा सम्पन्न फाइनलमा यो जोडीले भारतका पवित्रा र दीपिकाको जोडीसँग दुई-एकको सेटमा पराजय व्यहोरेको हो ।
पहिलो सेट २१-१७ ले आफ्नो पक्षमा पारे पनि भावना र सुनिताको जोडी त्यसपछिका दुई सेटमा १४-२१ र ५-१५ ले पछि पर्यो ।
सेमिफाइनलमा भावना र सुनिताको जोडी भारतकै रेवती र श्वेताको जोडीलाई २१-१५, २४-२२ ले निरास बनाएको थियो ।
यसैगरी, पवित्रा र दीपिकाको जोडीले नेपालका कमला पुन र कोपिला रानाको जोडीलाई २१-१६, २१-२४ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
यसैगरी, कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा कमला र कोपिलाको जोडीले रेवती र श्वेताको जोडीसँग २०-२२, २१-१९, १४-१६ को पराजय व्यहोर्यो ।







बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र
सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा