काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार भेटवार्ता भएको छ।
भेटका क्रममा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान तथा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा छलफल भएको डा. कोइरालाको सचिवालयले जनाएको छ।
भेटमा नेता डा. कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको थियो। पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने जुनसुकै त्याग गर्न पनि आफू तयार रहेको उहाँले स्पष्ट पार्नुभएको सचिवालयले जनाएको छ।
जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताउनुभएको थियो।
भेटमा यही भदौ १० गते बुधबार नेपाल–चीन सीमावर्ती रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी तथा त्यसपछि रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा उत्पन्न पछिल्लो अवस्थाका विषयमा समेत छलफल भएको जनाइएको छ।







जेन-जी आन्दोलनपछि एक वर्ष :
भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी
सडकमा छट्पटाएको मातृत्व र हराएको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ
कति छ आज विदेशी मुद्राको
पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका