भोजपुर । भोजपुर नगरपालिका–६ देउरालीमा सञ्चालित सुम्निमा बहुप्राविधिक शिक्षालयमा निःशुल्क वन नर्सरी कार्यक्रम सुरु गरिएको छ।
सुम्निमा बहुप्राविधिक शिक्षालय र डिभिजन वन कार्यालय भोजपुरबीच भएको साझेदारीअनुसार शिक्षालय परिसरमा वन नर्सरी सञ्चालनमा ल्याइएको हो। नर्सरी सञ्चालनका लागि डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँ र सुम्निमा बहुप्राविधिक शिक्षालयका प्रमुख डा. नवीन चापागाईंले पाँच वर्षे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।
डिभिजन वन कार्यालयको कार्यक्रमअनुसार वार्षिक ४० हजार बिरुवा उत्पादन गरी समुदायमा निःशुल्क वितरण गर्ने उद्देश्यले नर्सरी सञ्चालन गरिएको हो।
शिक्षालय प्रमुख डा. चापागाईंका अनुसार वन नर्सरी कार्यक्रमले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमप्रति समुदायको आकर्षण बढाउनुका साथै शिक्षालयका नियमित विषयगत कार्यक्रम तथा छोटो अवधिका सीपमूलक तालिममा सहभागी प्रशिक्षार्थीको प्रयोगात्मक ज्ञान र सीपको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साझेदारीमा सञ्चालन हुने नर्सरीबाट उत्पादित बिरुवा समुदायमा निःशुल्क वितरण गरिने डिभिजन वन कार्यालय भोजपुरका प्रमुख मियाँले बताउनुभयो।
उहाँले भन्नुभयो, “शिक्षालय र वनबीच भएको यो सम्झौताअनुसार अब नर्सरी व्यवस्थापनको काम पनि सुरु भएको छ। यसबाट समुदायलाई समेत फाइदा पुग्नेछ।”
सम्झौतामा हस्ताक्षरपछि शिक्षालय प्रमुख डा. चापागाईं र डिभिजन वन कार्यालय प्रमुख मियाँले करिब एक हजार वर्षसम्म आयु हुने गिङ्को बिलोबा जातको बिरुवा शिक्षालय परिसरमा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।







त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक