काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गर्नुभएको छ।
पाठकले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो।
राप्रपालाई समयानुकूल पुनर्संरचना गर्दै सुशासनप्रति इमानदारीपूर्वक प्रतिबद्ध र सबै उमेर, वर्ग, समुदाय तथा भूगोलका नागरिकले भरोसा गर्न सक्ने दलका रूपमा रूपान्तरण गर्ने सहमतिका आधारमा आफूले करिब चार वर्षअघि महामन्त्रीको जिम्मेवारी सम्हालेको उहाँले बताउनुभएको छ।
तर, राप्रपासँगको एकताको आधार र त्यसबेला गरिएको सहमतिअनुसार यस अवधिमा पार्टीलाई अपेक्षित रूपमा अघि बढाउन ठोस काम हुन नसकेको उहाँको भनाइ छ। यही कारण आफू पार्टीबाट अलग भएको पाठकले विज्ञप्तिमार्फत स्पष्ट पार्नुभएको छ।
पाठकले राप्रपालाई समयानुकूल पुनर्संरचना गर्ने तथा पार्टीमा नयाँ राजनीतिक संस्कार र कार्यदिशा स्थापित गर्ने उद्देश्यसहित महामन्त्रीको जिम्मेवारी सम्हाले पनि त्यसअनुसार अपेक्षित परिणाम हासिल हुन नसकेको उल्लेख गर्नुभएको छ।
पाठक पूर्व नेता रवीन्द्र मिश्रसँगै राप्रपामा जोडिनुभएको थियो। मिश्र नेतृत्वको तत्कालीन विवेकशील साझा पार्टीको राजनीतिबाट अलग भएपछि उहाँसँगै पाठक पनि राप्रपामा प्रवेश गर्नुभएको थियो।







कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ?
कपालमा चाया परेर हैरान हुनुहुन्छ
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा
भोटेकोशी बाढी : चिन्तित छन्
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै
उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट