काठमाडौं । शिक्षक आन्दोलनको इतिहास, संगठन निर्माण र विभिन्न चरणमा भएका संघर्षलाई समेटिएको पुस्तक ‘शिक्षक आन्दोलनको इतिहास’ सार्वजनिक गरिएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले लेख्नुभएको पुस्तक काठमाडौंमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो । पुस्तकमा २००७ सालदेखि सुरु भएका शिक्षक संगठनको विकासक्रम, २०३६ सालपछि संगठित रूपमा अघि बढेको शिक्षक आन्दोलन तथा हालसम्मका गतिविधिलाई अभिलेखका रूपमा समेटिएको छ ।
पुस्तकका लेखक सुवेदीले शिक्षक आन्दोलनको इतिहास लामो समयसम्म व्यवस्थित रूपमा दस्तावेजीकरण हुन नसकेको बताउनुभयो । कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयमा रहेका पुराना पत्रपत्रिका, गोरखापत्र, विभिन्न संगठनका स्मारिका तथा अन्य ऐतिहासिक सामग्री अध्ययन गर्नुका साथै आन्दोलनसँग जोडिएका पुराना नेताहरूसँग अन्तर्वार्ता लिएर पुस्तक तयार पारिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा पुस्तकको समीक्षा गर्दै पूर्वसचिव खगराज बराल, नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशवप्रसाद भट्टराई र डा.जानुका नेपाल पौडेलले शिक्षकप्रति सरकार कहिल्यै उदार नदेखिएको टिप्पणी गर्नुभयो । उहाँहरूले सरकारले शिक्षकसँग गरेका सम्झौता कार्यान्वयनमा चासो नदिएको र सरकारको व्यवहारका कारण शिक्षण पेशाप्रति आकर्षण घट्दै गएको बताउनुभयो ।







बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी
ब्रिक्समा नेपाल नबोलाइनुको कारण भारत