काठमाडौं । नेपाल स्रष्टा समाजको २०औं अधिवेशनले श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट अध्यक्षमा रोदनसहित उपाध्यक्षमा प्रकाश घायल, महासचिवमा मधु पाठक र कोषाध्यक्षमा तारा सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा प्रदीप सापकोटा विजयी हुनुभएको छ । सदस्यहरूमा यादव भट्टराई, डा.शान्तिमाया गिरी, सुमन थापा ‘संगम’ र तोयानाथ गौतम निर्वाचित हुनुभएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा विभिन्न साहित्यिक संघसंस्थाका अध्यक्ष, प्रतिनिधि तथा सदस्यहरूले शुभकामना व्यक्त गर्दै नेपाल स्रष्टा समाजले भाषा तथा साहित्यको क्षेत्रमा पुर्याउँदै आएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा वरिष्ठ नाटककार तथा साहित्यकार एवं समाजका सल्लाहकार अशेष मल्ल, सल्लाहकार लक्ष्मणप्रसाद गौतम, संरक्षक पवन आलोक, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, दायित्व प्रज्ञाप्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, रमेश विकल प्रतिष्ठानका महेन्द्र चालिसे, लीलाध्वज थापा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा तथा गुञ्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको थियो । अभिनव साहित्यिक प्रतिष्ठानका अध्यक्ष वेदमणि घिमिरेले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
दिवंगत साहित्यकार तथा गत भदौ १० गतेको महाविनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको स्मरणमा मौनधारण गर्दै कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा समाजका कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, बागमती प्रदेश अध्यक्ष शंकर भारती र मधेश प्रदेशका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।
सहभागीलाई स्वागत गर्दै समाजका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष रोदनले कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यको योगदानका कारण समाज वर्तमान अवस्थामा आइपुगेको बताउनुभयो । सोही क्रममा उहाँले उत्कृष्ट पदाधिकारीका रूपमा कोषाध्यक्ष तारा सुवेदीलाई सम्मानसमेत गर्नुभयो ।
उद्घाटन सत्रमा समाजकी सदस्य डा.शान्तिमाया गिरीले धन्यवाद ज्ञापन गनुभएको थियो । महासचिव प्रकाश घायलले सञ्चालन गरेको उद्घाटन सत्रपछि सदस्य माधव विडारीको सञ्चालनमा बन्द सत्र भएको थियो । बन्द सत्रमा महासचिव घायलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुवेदीले आर्थिक प्रतिवेदन तथा सदस्य प्रदीप सापकोटाले प्रदेश सञ्चालन कार्यविधि र निर्वाचन कार्यविधि प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन तथा कार्यविधिमाथि छलफल गरी पारित गरिएको थियो ।
निर्वाचन समितिका संयोजक प्राडा.लक्ष्मणप्रसाद गौतमले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई माला र प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने संरक्षक पवन आलोकले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई टीका लगाइदिनुभएको थियो ।
निर्वाचन संयोजक प्राडा.गौतमले निर्विरोध तथा मतदानबाट निर्वाचित सबै पदाधिकारीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । प्राडा.गौतमको संयोजकत्वमा राजेश खनाल र अधिवक्ता विजयभक्त श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन