काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ लेखक वीणा जोशी (राजभण्डारी)लाई प्रदान गर्ने निर्णय गरेको छ।
नेवार समुदायको परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया ख्वापाः प्याख) सम्बन्धी कृतिका लागि राजभण्डारीलाई मदन पुरस्कार प्रदान गर्न लागिएको हो। सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरेकाले उक्त कृतिलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ।
गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा आइतबार जारी विज्ञप्तिअनुसार पुरस्कारका लागि विभिन्न विधाका २९८ पुस्तक आवेदनमा परेका थिए। तीमध्ये गुठीले १० कृतिलाई पुरस्कारका लागि मनोनयन गरेको थियो।
अल्पसूचीमा परेका अन्य कृति तथा लेखकमा ‘अज्ञान’ (केशवराज ज्ञवाली), ‘इथा’ (केशव दाहाल), ‘उत्कर्ष’ (ललित विष्ट), ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको सिमानाको इतिहास’ (रोशनकुमार झा), ‘परिधि’ (उमा सुवेदी), ‘महायुग’ (सीमा आभास), ‘सलह’ (श्रवण मुकारुङ), ‘स्वप्नस्पर्श’ (डा. नवराज केसी) र ‘हिउँद’ (नदीशा) रहेका छन्।
मदन पुरस्कार विसं २०१२ मा स्थापना गरिएको प्रतिष्ठित साहित्यिक पुरस्कार हो।
जगदम्बाश्री पुरस्कार गीतकार किरण खरेललाई
यसैगरी, छ दशकदेखि गीत लेखनमा सक्रिय गीतकार किरण खरेललाई ‘जगदम्बाश्री पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ।
गीत लेखनमा पुर्याएको योगदानको सम्मानस्वरूप खरेललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो। मदन पुरस्कार गुठीले विसं २०४५ देखि जगदम्बाश्री पुरस्कार प्रदान गर्दै आएको छ।







बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम
भोटेकोशी बाढी : शिक्षण अस्पतालमा
पाल्पाको लोपउन्मुख लाखे संस्कृति जोगाउँदै