काठमाडौं । यामाहा ब्लु स्ट्रिक्स मोटरसाइकल कम्युनिटीले रसुवा र नुवाकोटका बाढीपीडित परिवारका लागि राहत सामग्री वितरण गरेको छ । बाढी प्रभावित परिवारलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले कम्युनिटीका सदस्यहरूले आफ्नैतर्फबाट रकम संकलन गरी राहत अभियान सञ्चालन गरेका हुन् । उक्त अभियानमार्फत् ९३ हजार रुपैयाँ संकलन गरिएको थियो ।
संकलित रकमबाट चामल, दाल, मिनरल वाटर, स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री खरिद गरी राहत प्याकेज तयार पारिएको थियो । भारी वर्षाबीच पनि ब्लु स्ट्रिक्सका सदस्यले राहत सामग्री तयार गरी मोटरसाइकलको समूहसहित प्रभावित क्षेत्रतर्फ लगेका बताइएको छ ।
सदस्यहरूका अनुसार राहत सामग्री नुवाकोटको सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी होल्डिङ सेन्टरमा वितरण गरिएको थियो । एमएडब्लु राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले ब्लु स्ट्रिक्सका सदस्यहरू राइडिङसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको बताउनुभयो ।
बाढीबाट प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणको काम जारी रहेका बेला ब्लु स्ट्रिक्सको पहलले सामुदायिक सहकार्य र सामाजिक उत्तरदायित्वलाई मानवीय सहयोगमा रूपान्तरण गर्ने उदाहरण प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।







अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक
सरकारी प्रक्रियामै अल्झियो काभ्रेका बाढीपीडितको