काठमाडौं । सिंहदरबारस्थित संघीय संसद् भवन परिसरमा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’ निर्माणका लागि शिलान्यास गरिएको छ।
आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले संयुक्त रूपमा पार्क तथा शालिक र स्तम्भको शिलान्यास गर्नुभएको हो।
शिलान्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले जेन–जी पुस्ताले अघि सारेका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आन्दोलनका क्रममा शहीद भएका सबैको शालिक निर्माण गरिने जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “हामी आफैँ कसम खाएर आएका छौँ, उहाँहरूका माग पूरा गर्छौँ। आन्दोलनका क्रममा जति जना शहीद हुनुभएको छ, उहाँहरू सबैको शालिक बन्छ।”
सरकारले जेन–जी शहीद दिवसका अवसरमा भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ।







क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि
बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम