खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा विस्फोटक पदार्थ फेला परेको छ।
फुटसल मैदान निर्माणका लागि स्थानीयवासीले जमिन खन्ने क्रममा आइतबार साँझ बेवारिसे अवस्थामा विस्फोटक पदार्थ फेला पारेका हुन्।
फेला परेको विस्फोटक पदार्थलाई सोमबार बिहान मात्रै निष्क्रिय पार्ने तयारी गरिएको रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीले जानकारी दिनुभयो।
द्वन्द्वकालका क्रममा उक्त स्थानमा सुरक्षा फौजको क्याम्प रहेकाले सोही समयमा सुरक्षा फौजले विस्फोटक पदार्थ राखेको हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताउनुभयो।
समय अभावका कारण आइतबार नै विस्फोटक पदार्थ निष्क्रिय पार्न नसकिएकाले आसपासका क्षेत्रमा नजान र आवश्यक सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ।
बेसक्याम्प आसपासमा यसअघि पनि पटक–पटक विस्फोटक पदार्थ फेला पर्ने गरेको स्थानीयले बताएका छन्। सशस्त्र द्वन्द्वका क्रममा उक्त बेसक्याम्पमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त फौज तैनाथ गरिएको थियो।
व्यक्तिको जग्गामा रहेको बेसक्याम्प अन्यत्र सारिएपछि स्थानीयवासीले खेतीपातीका लागि जमिन खन्ने क्रममा बेलाबेलामा विस्फोटक पदार्थ फेला पार्दै आएका छन्।
रासस






भोटेकोशी बाढी : शिक्षण अस्पतालमा
पाल्पाको लोपउन्मुख लाखे संस्कृति जोगाउँदै
कृष्णभीरमा खोलिएको ट्र्याक फराकिलो बनाइँदै,
टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी