काठमाडौं । भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजनामा ठूलो क्षति पुगेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण हालसम्म छ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नुवाकोटमा सबैभन्दा बढी २२ आयोजनामा चार करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने धादिङका २० आयोजनामा एक करोड ४७ लाख, गोरखाका पाँच आयोजनामा ५० लाख र रसुवाका आठ आयोजनामा तीन लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
बाढीका कारण अवरुद्ध भएका क्षेत्रमा खानेपानी सेवा पुनः सञ्चालन गर्न विभागले विभिन्न अल्पकालीन र दीर्घकालीन कार्यहरू अघि बढाइएको जनाएको छ । विभागका अनुसार विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रका नागरिकहरूलाई खानेपानी सहज उपलब्ध गराउन सय केभिएको डिजेल जेनेरेटर सञ्चालन गरी दैनिक करिब पाँच लाख लिटर खानेपानी वितरणको व्यवस्था मिलाइएको छ भने एक एचपीका सातवटा पम्प सञ्चालनमा ल्याएर बट्टार क्षेत्रका करिब पाँच सय घरधुरीमा खानेपानी सेवा सुचारु गरिएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)सँगको समन्वयमा भदौ १२ गतेदेखि चारवटा ट्यांकरमार्फत् विदुर र बट्टारका विभिन्न बस्तीमा पानी वितरण भइरहेको र त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका बाँकी क्षेत्रमा सेवा विस्तार गर्न ठूलो परिमाणमा सामग्रीहरू व्यवस्थापन गरिएको विभागले जनाएको छ । जसमा दुर्ई एचपी र एक एचपीका गरी कुल १४ पम्प, एक हजार लिटरको हिलटेक ट्यांकी र करिब ४१.१ किलोमिटर लामो एचडिपिई पाइप रहेका छन् । उल्लेखित सामग्रीहरू जडान र ढुवानीका लागि तयारी अवस्थामा राखिएका विभागले उल्लेख गरेको छ ।







अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक
सरकारी प्रक्रियामै अल्झियो काभ्रेका बाढीपीडितको