काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
तीनवटै संस्थाका सम्बन्धित प्रतिनिधिले प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउने, संस्थागत क्षमता अभिवृद्धि गर्ने, व्यवसाय विस्तार गर्ने तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ति प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
प्रारम्भिक सम्झौताअनुसार प्रस्तावित प्राप्तिसम्बन्धी विस्तृत अध्ययन तथा मूल्याङ्कन, सम्पत्ति र दायित्वको यथार्थ परीक्षण, शेयर आदान-प्रदानसम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइनेछ ।
प्रस्तावित प्राप्ति प्रक्रिया नेपाल राष्ट्र बैंक तथा प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि मात्र अन्तिम रूपमा कार्यान्वयन हुने जनाइएको छ ।
तीनवटै संस्थाले प्रस्तावित प्रक्रियालाई पारदर्शी र व्यवस्थित रूपमा अघि बढाउँदै प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै, प्राप्ति प्रक्रियाका क्रममा सम्बन्धित सबै सरोकारवालाको हितलाई प्राथमिकतामा राखिने जनाइएको छ ।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी