काठमाडाैं । नेपालमा लघुवित्तका पिता स्वर्गिय डा. हरिहर देव पन्तको एघारौ स्मृती दिवस राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टको प्रमुख आतिथ्यतमा र निर्धन संस्थाका अध्यक्ष श्री देवेन्द्र बहादुर र।उतको सभापतित्वमा निर्धन भवन, भगवतीवहाल, नक्साल, काठमाण्डौमा सम्पन्न भएको छ ।
कार्यक्रममा आयोजक संस्था निर्धन तथा डा. हरिहर देव पन्त फाउण्डेसनका अध्यक्ष श्री जनार्दन देव पन्तले सहभागि सबैलाई स्वागत गर्दै नेपालमा अहिले पनि करिव २० प्रतिशत जनता गरिवीको रेखामुनि रहेकोले देशमा गरिवी निवारण गर्न डा. हरिहर देव पन्तले गर्नु भएको लघुवित्त सेवाको मार्गदर्शनको मुल्य, मान्यतालाई अझै प्रभावकारी रुपमा अनुसरण गर्न आवश्यक रहेको वताउनु भयो ।
कार्यक्रममा डा. हरिहर देव पन्तको तस्वीरमा माल्यापर्ण, दिप प्रज्वलन र समृद्धिको मार्गमा, २०८३ लघुउद्यमीहरुको सफलताको कथा संग्रह पुस्तक विमोचन प्रमुख अतिथि डा. गुर्णाकर भट्ट सहित अतिथि डा. रेवत बहादुर कार्की डा. फत्त बहादुर के.सी, श्री देवेन्द्र बहादुर राउत र श्री जनार्दन देव पन्तले सामुहिक रुपमा लोकापर्ण गर्नुभयो । निर्धन उत्थान लघुवित्त संस्थाले लघुवित्त सेवाको माध्यमबाट सफल उद्यमीहरुको संर्घष र सफलताको कथा हरेक वर्ष प्रकाशन गर्दै आएको छ ।
कार्यक्रममा डा. हरिहरदेव फाउण्डेसन ले डा. पन्तले लिनु भएको अभियानलाई सार्थक तुल्याएर टेवा पुरयाउन हरेक वर्ष विभिन्न पुरस्कारहरु वितरण गर्दै आएको छ । यस वर्षको डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार, लघु उद्यमशील पुरस्कार र आर्थिक पत्रकारिता पुरस्कार वितरण गरिएको थियो ।
आर्थिक क्षेत्रमा योगदान पुर्याउन विद्यार्थीको मनोवल बृद्घि गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा संचालित डा. हरिहर देव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा शैक्षिक सत्र सन् २०२१-२०२३ मा ३.७७ अंक प्राप्त गरी सर्वप्रथम स्थान हासिल गर्न सफल हुनु भएका श्री कमल पौडेले लाई नगद रु. ५०,०००/– (अक्षरेपी पचास हजार) सहित सम्मान-पत्र प्रदान गरिएको थियो ।
यस्तै लघुउद्यमशीलताको क्षेत्रमा कार्य गर्ने लघुउद्यमीहरुको मनोवल बृद्घि गरी हौसला प्रदान गर्न लघुउद्यमशील पुरस्कार कार्यक्रम अन्तर्गत कोशी प्रदेशबाट भोजपुरकी श्री शान्तिमाया तामाङ, मधेश प्रदेशबाट गरुडा, रौतहटकी श्री रैमलवा देवी, बागमती प्रदेशबाट रामकोट, काठमाडौंकी श्री रसिला तामाङ, गण्डकी प्रदेशबाट गाईखुर गोरखाकी श्री धनमाया गुरुङ्ग, लुम्बिनी प्रदेशबाट कोहलपुर, बाँकेकी श्री सोबिता काफ्ले, कर्णाली प्रदेशबाट विद्यापुर सुर्खेतकी श्री पदमा देउवा रोकाय, सुदूरपश्चिम प्रदेशबाट अमरगढी, डडेलधुराकी श्री कविता सांकी गरी सातै प्रदेशका सात जना उत्कृष्ट उद्यमीहरुलाई डा. हरिहर देव पन्त लघुउद्यमशील पुरस्कार स्वरूप जनही नगद रु. ५०,०००/– सहित सम्मान पत्र प्रदान गरिएको छ । वागमती वाहेक अन्य प्रदेशका पुरस्कृत उद्यमीहरुलाई प्रदेशमा नै कार्यक्रम आयोजना गरेर आजै पुरस्कार वितरण गरिएको छ ।
यसै गरी जीवनका अधिकांश समय देशमा आर्थिक विकास तथा गरीबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवर्द्धक डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको डा.हरिहरदेव पन्त फाउण्डेसनले डा.पन्तको हरेक वार्षिक पुण्य स्मृति दिवसको अवसरमा एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार प्रदान गदै आएको सर्वोत्कृष्ट हुन सफल लगानी न्यूज डटकमका सम्पादक श्री आशीष ज्ञवालीलाई पुरस्कार स्वरूप नगद रु.१,००,०००/–(अक्षरेपी एक लाख रुपैयाँ) सहित सम्मान-पत्र प्र्रदान गरिएको छ । कार्यक्रममा पुरस्कार प्रमुख अतिथि र अतिथिहरुले वितरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले हरेक वर्ष डा. पन्तको स्मृतीमा अध्यक्ष श्री जनादर्न देव पन्तको सक्रियतामा स्थापित डा. हरिहर देव पन्त फाउण्सनले डा.पन्तको स्मृती दिवसमा आफु निरन्तर सहभागि हुँदै आएको बताउँदै यस कार्यक्रमबाट समाजलाई प्रेरणा र महत्वपुर्ण सन्देश दिन सफल भएको छ भन्नुभयो । यस क्रममा विपन्नलाई उद्यमशिल बनाउन लघुवित्तले वित्तीय सेवाका साथ्रै गैरवित्तीय सेवा प्रवाह गर्दै गएमा वर्तमान समयमा देखिएका चुनौतीहरुको सहजै सामना गर्न सकिने बताउनु भयो । देशमा वि.स. २०६४ मा जारी भएको लघुवित्त नीति पुरानो भएकोले नयाँ समयसापेक्ष लघुवित्त नीति ल्याउन आवश्यक भएको बताउँदै नेपाल जस्तो जलवायु तथा प्राकृतिक प्रकोप बाट प्रभावित हुने देशमा लघुवित्त सहित सबैले सामाजिक उत्तरदायित्व समन्वय गरेर अगाडी बढन् आवश्यक रहेको बताउनु भयो । विषय विज्ञ, विद्यार्थी, पत्रकार र उद्यमीहरुको सहभागितामा सम्पन्न आाजको कार्यक्रम समय सापेक्ष र उत्कृष्ट संयोजन रहेको बताउँदै प्रशंसा गर्नु भयो ।
कार्यक्रम मा आयोजक संस्थाको तर्फबाट पुरस्कृत हुन पाएकोमा गौरवान्वीत भएको र अझै थप कार्य गर्न जिम्मेवारी बढेको बताउँदै संस्थालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा सहभागि अतिथिहरु डा. फत्त बहादुर के.सि., डा. रेवत वहादुर कार्की, श्री भागवत भटराई र निर्धन उत्थानका प्रमुख कार्यकारी अधिकृतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा सहभागि, पुरस्कृत, पत्रकार कर्मचारी लगायतका सबैलाई धन्यवाद दिंदै सभापति श्री देवेन्द्र बहादुर राउतले कार्यक्रमको समापन गर्नुभएको थियो । समापन गर्दै गर्दा डा. हरिहर देव पन्त स्वर्गिय भएको ११ वर्ष हुँदा पनि उहाँको मार्गदर्शन एकदमै समय सान्दर्भीक रहेकोले उहाँ हामी सबैको सामु जिवितै रहेकोले लघुवित्त सेवाको उदेश्य तथा संचालन डा. पन्तकै मार्गदर्शन अनुरुप गरेमा सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।







भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज