काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच सोमबार टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा विदेशमन्त्री एडमले भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनुभएको छ।
उहाँले विपद्को यस दुःखद घडीमा नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना र समर्थन व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गर्नुभएकोमा माल्दिभ्स सरकार तथा जनताप्रति आभार व्यक्त गर्नुभएको थियो।
टेलिफोन वार्तामा दुवै देशले जलवायु परिवर्तनका कारण सामना गरिरहेका साझा चुनौती तथा त्यसको समाधानका उपायबारे समेत छलफल गरेका थिए।
उहाँहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्याय प्रवर्द्धनका लागि थप समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।






क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि
बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम