काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारकार्यमा प्राविधिक कठिनाइ थपिएसँगै नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण तथा विशेष सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई तीव्रता दिन र जोखिम न्यूनीकरण गर्न आवश्यक उच्च प्राविधिक उपकरणको सूची नै तयार गरी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागिएको हो।
विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकको उद्धार तथा बाक्लो लेदोका कारण मानिसको प्रत्यक्ष पहुँच पुग्न नसकेका स्थानमा खोजी गर्न आवश्यक उपकरणको अभाव देखिएपछि सरकारले विदेशी नियोग तथा मित्रराष्ट्रसँग सहयोगका लागि आग्रह गरेको छ।
भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य जोखिमपूर्ण क्षेत्रमा उद्धारकार्य प्राविधिक रूपमा जटिल बन्दै गएको छ। सुरुङभित्र जमेको लेदो हटाउन, भित्रसम्म सुरक्षित रूपमा पुग्न तथा सम्भावित जीवित व्यक्तिको खोजी गर्न विशेष प्रविधि र उपकरण आवश्यक पर्ने भएकाले सरकारले अन्तर्राष्ट्रिय सहयोगलाई प्राथमिकता दिएको हो।
सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउन उपलब्ध सबै राष्ट्रिय स्रोतसाधन परिचालन गरिरहेको जनाएको छ। आवश्यकताअनुसार अन्तर्राष्ट्रिय सहयोग जुटाएर उद्धार अभियानलाई तीव्रता दिने तयारीसमेत गरिएको छ।







हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई