काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन्।
पर्यटन विभागका अनुसार विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर यात्रा तथा जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड पुगेका विदेशी पर्यटक बाढीपछि सम्पर्कविहीन भएका हुन्।
विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार बेपत्ता विदेशी पर्यटकमध्ये २५६ पुरुष, ३२९ महिला र दुई जना अन्य रहेका छन्। बेपत्ता हुनेमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतका नागरिक छन्। भारतका १८४ जना बेपत्ता भएको विभागले जनाएको छ।
त्यसैगरी अष्ट्रेलियाका ३३, बेलारुसका दुई, क्यानडाका ३०, फिनल्यान्डका एक, फ्रान्सका चार, जर्मनीका आठ, हङ्गेरीका एक, आयरल्यान्डका दुई, इजरायलका एक, लिथुआनियाका एक, मलेसियाका ५५ र नेदरल्यान्डका दुई जना बेपत्ता भएका छन्।
न्युजिल्यान्डका पाँच, पोर्चुगलका दुई, रसियाका आठ, सिङ्गापुरका नौ, दक्षिण अफ्रिकाका छ, स्पेनका दुई, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६७, जापानका पाँच, फिलिपिन्सका एक, काजकिस्तानका तीन, बेल्जियमका दुई र स्विडेनका एक जना पनि बेपत्ता रहेको विभागले जनाएको छ।
यसैगरी लाटभियाका ३३, स्विजरल्यान्डका एक, इटलीका दुई, चीनका २६, भियतनामका एक, इस्टोनियाका एक र पोल्यान्डका दुई जना पर्यटक बेपत्ता भएका छन्।
बाढीमा परी नेपालका १८८ पर्यटकसमेत बेपत्ता भएका छन्। विभागका अनुसार उनीहरूमध्ये १६१ पुरुष र २७ महिला छन्। सूचना अधिकारी घिमिरेका अनुसार बेपत्ता नेपालीमा विदेशी पर्यटकका सहयोगीका रूपमा गएका तथा कैलाश मानसरोवर र गोसाइँकुण्ड भ्रमणमा पुगेका नेपाली नागरिक छन्।
सरकारले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्यलाई निरन्तरता दिएको छ। विभागका अनुसार हालसम्म ३०७ जना विदेशी पर्यटकको सफल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २५४ पुरुष र ५३ महिला छन्।
त्यसैगरी बाढीपछि सम्पर्कविहीन भएकामध्ये सात जना पुनः सम्पर्कमा आएका छन्। सम्पर्कमा आउनेमा दुई पुरुष, चार महिला र एक जना अन्य रहेका छन्।
बेपत्ता विदेशी तथा नेपाली पर्यटकको खोजी र उद्धारका साथै प्रभावित क्षेत्रमा राहत वितरणको कामलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायले तीव्रता दिएका छन्।







हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर