काठमाडौँ । नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एक करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ सहयोग गरेको छ।
राष्ट्र बैंकले आज उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीका तर्फबाट सङ्कलित रकम कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।
राष्ट्र बैंकको गभर्नर कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि गभर्नर, डेपुटी गभर्नर तथा बैंकमा कार्यरत स्थायी र करार सेवाका कर्मचारीले सामूहिक रूपमा योगदान गरी उक्त रकम सङ्कलन गरेका हुन्।
बैंकले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरेको जनाएको छ।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी