काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई लिएर अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक युवा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोले बैतडीको सुर्नया गाउँपालिका–७ घर भई हाल काठमाडौँको बलम्बु बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मडैले भोटेकोशी बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने तथा अपमान गर्ने र विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
उक्त गतिविधिको अनुसन्धानका क्रममा मडैलाई पक्राउ गरिएको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।
पक्राउ परेका मडैविरुद्ध जिल्ला अदालत काठमाडौँबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी
ब्रिक्समा नेपाल नबोलाइनुको कारण भारत