हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–१२, धारापानीमा ३५ वर्षीय पुरुष आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन्। घटनामा परिवारका सदस्यकै संलग्नता रहेको आशंका भएपछि प्रहरीले पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भदौ १९ गते राति करिब १ः१५ बजे स्थानीय मानबहादुर खत्रीका छोरा राजकुमार खत्री आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेका हुन्।
घटनापछि प्रहरीले शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याएको थियो। पोस्टमार्टमपछि सोमबार दिउँसो करिब २ बजे मृतककी दिदी सजिना खत्रीले शव बुझेर लगेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले बकैया–१२ निवासी मृतककी श्रीमती ३५ वर्षीया सलिना घले, आमा ६० वर्षीया गोमा खत्री, भाइ ३३ वर्षीय दिनेश खत्री तथा ४५ वर्षीय अमर खत्री र ४५ वर्षीय राजेन्द्र घलेलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार उनीहरूलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको हो।
मृत्युको वास्तविक कारण तथा घटनाको प्रकृतिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।







बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी
ब्रिक्समा नेपाल नबोलाइनुको कारण भारत