काठमाडौं । आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस भदौ ३१ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आरम्भका प्रधानाध्यापक नरेशप्रसाद श्रेष्ठले जानकारी गराउनुभयो । ब्वाइज/गर्ल्सतर्फ टिम तथा यु-१०, यु-१२, यु-१४ र यु-१६ ब्वाइज/गर्ल्स सिंगल्समा खेल हुनेछ । हरेक सिंगल्स स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः छ हजार, तीन हजार र एक हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा चारदेखि पाँच सय खेलाडीको सहभागिता रहने टेबल टेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले जानकारी दिनुभयो । प्रधानाध्यापक श्रेष्ठले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तर दिने बताउदै शिक्षासंगै अत्तिरिक्त क्रियाकलापमा पनि विद्यार्थी उत्तिकै अब्बल हुन पर्छ भन्ने मान्यताका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले अन्य खेलका प्रतियोगिता पनि आयोजना गर्ने योजना रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा श्रेष्ठले विभिन्न खेलका १६ खेलाडीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरेको अवगत गराउनुभयो । टेबल टेनिसमा पाँच, तेक्वान्दोमा तीन, फुटबलमा तीन, बास्केटबलमा तीन, ब्याडमिन्टनमा एक र क्रिकेटमा एक खेलाडीलले आरम्भमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब पाँच लाख रुपैयाँ खर्च हुने बताइएको छ । असोज २ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ ।







संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा.