काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको टिकट बिक्री गर्ने अधिकार इसेवा लिमिटेडले पाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले तेस्रो संस्करणका लागि टिकट बिक्री तथा मिडिया अधिकारको प्रक्रिया टुङ्ग्याउँदै सफल कम्पनीहरूलाई अधिकार प्रदान गरेको हो ।
क्यानले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बोलपत्र तथा खरिद प्रक्रिया पूरा गरी छनोट भएका कम्पनीलाई एनपिएलको विभिन्न अधिकार प्रदान गरिएको हो ।
इसेवा लिमिटेडले एनपिएलको टिकट बिक्री गर्ने अधिकार ८५ लाख रुपैयाँमा प्राप्त गरेको छ । टिकट बिक्रीबाट प्राप्त आम्दानीमध्ये ९५ प्रतिशत क्यानले र पाँच प्रतिशत इसेवाले प्राप्त गर्ने सम्झौता भएको क्यानले जनाएको छ ।
त्यस्तै, एनपिएलको विश्वव्यापी ओटीटी प्रसारण अधिकार नेट टिभी प्रालिले १८ करोड चार लाख रुपैयाँमा प्राप्त गरेको छ ।
नेपालभित्रको टेलिभिजन प्रसारण अधिकार भने हिमालयन टेलिभिजनले पाएको छ । हिमालयन टेलिभिजनले उक्त अधिकारका लागि १४ करोड ६४ लाख रुपैयाँको बोलपत्र पेस गरेको थियो ।
एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन