काठमाडौं । फ्रान्सको बुलङ-सुर-मेरमा सेप्टेम्बर ९ देखि १३ तारिखसम्म आयोजना हुने विश्व सभात च्याम्पियनसिपमा नेपालका १८ वर्षीय बसिल त्वयनाले प्रतिस्पर्धा गर्ने हुनुभएको छ । विश्व च्याम्पियनसिपमा सहभागी हुन दुई सदस्यीय नेपाली टोली आइतबार फ्रान्स प्रस्थान गरेको छ । प्रतियोगितामा विश्वभरका ४५ देशका करिब ४०० खेलाडी तथा अफिसियलको सहभागिता रहने आयोजकले जनाएको छ ।
नेपाल सभात संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक मास्टर लक्ष्मण बस्नेत टोलीको प्रशिक्षकका रूपमा सहभागी हुनुहुनेछ । बसिलले सिनियर ८५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ । सूर्यविनायक नगरपालिका-९, भक्तपुरका स्थायी बासिन्दा बसिल ६ फिट ४ इन्च अग्लो हुनुहुन्छ । उहाँले यसअघि सन् २०२५ मा भारतमा सम्पन्न छैटौँ एसियन सभात प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको थियो ।
त्यस्तै, उज्वेकिस्तानमा भएको विश्व युथ सभात प्रतियोगितामा रजत पदक जित्नुभएका बसिलले गत वैशाख १८ देखि २० गतेसम्म काठमाडौं विश्वविद्यालयमा सम्पन्न सातौँ एसियन सभात प्रतियोगितामा समेत स्वर्ण पदक हात पार्नुभएको थियो ।
प्रतियोगिता लिग प्रणालीमा सञ्चालन हुने भएकाले आफ्नो अनुभव र शारीरिक उचाइको फाइदा उठाउँदै बसिलले पदक जित्नेमा आफू आशावादी रहेको एसियन सभात कन्फेडेरेसनका महासचिवसमेत रहनुभएका प्रशिक्षक लक्ष्मण बस्नेतले बताउनुभयो ।
विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि पदक जित्ने लक्ष्यका साथ टोली फ्रान्स गएको हो । टोलीलाई नेपाल सभात संघका सल्लाहकार तथा पूर्व राज्यमन्त्री डा. विराजबहादुर बिष्ट, महासचिव तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, संघका उपाध्यक्ष दधिराम कँडेललगायत संघका प्रशिक्षकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विजयको शुभकामनासहित बिदाइ गर्नुभएको थियो ।







संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा.