काठमाडौं । युरोपेली फुटबल महासंघ (युइएफए)ले नेपालमा आएको विनाशकारी बाढीप्रति ऐक्यबद्धता जनाउँदै च्याम्पियन्स लिगअन्तर्गत सुरुवाती चरणका सबै खेलअघि एक मिनेट मौनधारण गर्ने भएको छ । युइएफएका अनुसार अगस्ट २६ मा नेपालमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न खेल सुरु हुनुअघि एक मिनेट मौनधारण गरिनेछ । बाढीपीडित नेपाली जनताप्रति समर्थन र ऐक्यबद्धता जनाउन खेलस्थलमा ‘यू आर नट अलोन नेपाल’ लेखिएको ब्यानरसमेत प्रदर्शन गरिनेछ ।
युइएफए अध्यक्ष अलेक्सान्दर चेफेरिनले विपत्तिको यस घडीमा सम्पूर्ण युरोपेली फुटबल परिवार नेपालका जनतासँग एकजुट रहेको बताउनुभएको छ । ‘यस साताका खेलअघि हामी नेपालका जनताप्रति गहिरो समवेदना र समर्थन व्यक्त गर्न एकसाथ उभिनेछौं । यस दुःखद घटनापछि पुनःस्थापनाको यात्रामा उनीहरूलाई शक्ति र धैर्यको कामना गर्दछौं,’ चेफेरिनले भन्नुभएको छ ।
नेपालमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा युइएफएको यो कदमले अन्तर्राष्ट्रिय खेलकुद जगत्बाट नेपालप्रति ऐक्यबद्धता प्रकट भएको छ । च्याम्पियन्स लिगको नयाँ सिजन आज (मंगलबार)देखि सुरु हुँदैछ । प्रतियोगिताका सुरुवाती चरणका खेलहरूमा विश्व फुटबलका चर्चित क्लबहरू प्रतिस्पर्धामा उत्रिँदैछन् ।







देवीघाटको ताँदी नदीमा बेलीब्रिज जडान
सभापति थापा र नेता डा.
सुम्निमा बहुप्राविधिक शिक्षालय र डिभिजन
प्राकृतिक विपद्का कमजोरीबारे निष्पक्ष बहस
राप्रपा महामन्त्री शरदराज पाठकले छाडे
रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका