काठमाडौं । जापानमा आयोजना हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्नेछ । समूह चरणमा शीर्ष दुई स्थानमा रहन सके नेपाल क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।
नेपाल समूह विजेता बने क्वाटरफाइनलमा समूह ‘बी’ को उपविजेता श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ को उपविजेता बन्यो भने नेपालको भेट समूह ‘बी’ को विजेता भारतसँग हुनेछ ।
नेपालले यसअघि सन् २०२३ मा चीनमा भएको एसियन गेम्समा पनि भारतसँग क्वाटरफाइनल खेलेको थियो । उक्त खेलमा नेपाल भारतसँग पराजित भएको थियो । समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान रहेका छन् । भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान भने वरीयताका आधारमा सोझै क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्ने प्रावधान छ ।
नेपालले यसपटक सिंगापुरमा भएको एसियन गेम्स छनोट प्रतियोगितामा अपराजित रहँदै एसियन गेम्समा स्थान बनाएको हो । छनोटमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले एसियन गेम्समा पनि बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।







देशभर मनसुनी वायुको प्रभाव, चट्याङसहित
सङ्घीय संसद्का दुवै सदनको बैठक
किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की
कति आज विदेशी मुद्राको विनिमय
हतुवागढीले जुटायो २४ लाख ५३
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन