काठमाडौं । नेपाली म्युजिक भिडियो तथा मोडलिङ क्षेत्रमा सक्रिय मोडल पुरु भण्डारीले चौथो नेशनल ब्राण्ड म्युजिक अवार्ड-२०८३ मा बेष्ट जुरी अवार्ड प्राप्त गर्नुभएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सेप्टेम्बर ४ मा आयोजित अवार्ड समारोहमा भण्डारीलाई ‘कसैको हुन दिन्न’ गीतको म्युजिक भिडियोमा उत्कृष्ट अभिनय तथा प्रस्तुतिका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।
ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालिको आयोजनामा सम्पन्न समारोहमा नेपाली संगीत तथा म्युजिक भिडियो क्षेत्रका विभिन्न विधाका कलाकार तथा सर्जकलाई सम्मान गरिएको थियो । अवार्ड प्राप्त गरेपछि भण्डारीले आफ्नो मिहिनेत र निरन्तर प्रयासको मूल्यांकन भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले यो सम्मानले आगामी दिनमा अझ स्तरीय काम गर्न थप हौसला र प्रेरणा मिलेको बताउनुभयो ।
मोडलिङसँगै म्युजिक भिडियोमा अभिनय गर्दै आउनुभएका भण्डारी पछिल्लो समय भावनात्मक तथा कथानकप्रधान भिडियोमार्फत आफ्नो अभिनय क्षमता प्रस्तुत गर्दै नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय हुनुहुन्छ ।







नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी