काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीसहित देशभर भएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाको सम्झनामा पशुपतिनाथ मन्दिर क्षेत्रमा दीप प्रज्वलन गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषको आयोजनामा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सोमबार साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन गरिएको हो ।
कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार विपद्मा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाको अवस्था यथाशीघ्र पत्ता लागोस् भन्ने कामनासहित दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलनमा हजारौँ भक्तजन सहभागी भएका छन् । विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित कार्यक्रममा सहभागीले दिवंगत आत्माको शान्तिको कामना गरेका थिए ।
यसअघि सोमबार बिहान पशुपतिनाथस्थित वाग्मती नदी किनारमा विभिन्न धर्मग्रन्थको पाठ तथा पारायणसमेत गरिएको थियो ।







विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले