काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘पार्वती’ले घरेलु बक्स अफिसमा सुखद् व्यापार गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः विवरण अनुसार प्रदर्शनको दश दिनमा यस चलचित्रले एक करोड ५८ लाख ८४ हजार १३६ रुपैयाँ ग्रस कमाएको छ । यस अवधिमा ५४ हजार ७३५ टिकट बिक्री भएका छन् ।
अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको ‘मास्टर्नी’ले भने प्रदर्शनको १७ दिनमा ४० लाख १५ हजार १९९ रुपैयाँ ग्रस कमाएको छ । चलचित्रका १२ हजार १९७ टिकट बिक्री भएका छन् । पछिल्लो सात दिनमा ‘मास्टर्नी’ले ६२ हजार ३४० रुपैयाँमात्र कमाएको बोर्डको तथ्यांकमा उल्लेख छ । यसैबीच, गत साउन १ गतेदेखि प्रदर्शनमा रहेको ‘गौँथली’को कुल कमाइ २५ करोड ८६ लाख २८ हजार ६१५ रुपैयाँ पुगेको छ ।
भदौ २१ गतेसम्म चलचित्रका नौ लाख ३० हजार ७४४ टिकट बिक्री भएका छन् । ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ ।
साउन २२ गतेदेखि प्रदर्शनमा रहेको ‘हली’ले भने हालसम्म २३ लाख ३२ हजार ४७० रुपैयाँ ग्रस कमाएको छ । चलचित्रका आठ हजार ५२५ टिकट बिक्री भएका छन् । पछिल्लो सात दिनमा ‘हली’ले २१ हजार २०० रुपैयाँमात्र कमाएको बोर्डको विवरणमा देखिन्छ ।







मन्त्री नआएपछि शिक्षा समितिको बैठक
खर्क व्यवस्थापनबाट जलवायु र बेरोजगारीको
अपहरणमा परेको १२ दिनपछि १५
विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा